सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन्, (भीम रावल)
423 Views
अछाम, २५ वैशाख खोज मिडिया । नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको?भनेर प्रश्न समेत गरे ।
उनले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरेका थिए ।सच्चा कम्युनिस्ट पार्टीले कांग्रेसलाई भोट हाल्न नसक्ने उनले बताएका हुन् ।
रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न आग्रह गरेका छन । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीव्रता पाउने भन्दै एमालेबाट बनेका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस