पुरानो दादलाई ३ दिनमै निर्मुल पार्ने घरेलु औषधी, जानीराखौँ
730 Views
काठमाडौँ, २५ वैशाख खोज मिडिया । शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने दाद एक जटिल समस्या हो। दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो।
दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने हुन्छ। दादको औषधी उपचार गर्न धेरै पैसाका साथ समय पनि खर्च हुन्छ तर यो पूर्ण रुपमा भने निको नहुने र बारम्बार बल्झिने समस्याले सताईरहेको हुन्छ ।आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा लेखेका छौँ , जसले पुरानो भन्दा पुरानो वा जिद्धी दादलाई सधैँका लागि हटाउन मद्धत गर्दछ।
१. यसका लागि चाहिने सामग्री- तिते करेला, नरिवलको तेल र कपुर,
२. बनाउने विधि- सुरुमा एउटा वा आधा तीते करेलालाई सानो-सानो टुक्रामा काटी यसलाई पिसेर पेस्ट बनाउने।अब एउटा सफा कचौरामा एक चम्चा नरिवलको तेल र एक दाना कपुरलाई पाउडर बनाएर मिसाउने। कपुर (पूजा गर्न प्रयोग गरिने) नरम हुने भएकोले हातले नै पाउडर बनाउन सकिन्छ। यी दुई सामग्रीलाई राम्ररी मिसाईसकेपछी यसमा एक चम्चा तीतेकरेलाको पेस्ट राखेर मज्जाले मिसाउने। यो मिक्स्चर पेस्ट तयार गर्ने ,
३. लगाउने विधि- शरीरको जुन भागमा दाद छ, त्यो भागमा यो पेस्ट लगाएर रातभर यत्तिकै रहन दिने र बिहान उठेपछी यसलाई राम्ररी धुने । यो उपचार विधि प्रयोग गरेको केहि दिनमै जस्तोसुकै पुरानो र जिद्धी दाद पनि हटेर जानेछ। यो १०० प्रतिशत प्राकृतिक र लाभदायी विधि रहेको छ ।





प्रतिक्रिया दिनुहोस