भोज खान बोलाएर साथीको ह’त्यारा प’क्रा’उ
449 Views
काठमाडौँ, २४ वैशाख खोज मिडिया । भोजमा बोलाएर साथीको ह’त्या गरेको आ’रोपमा प्र’हरीले एक जना युवकलाई पक्राउ गरेको छ।
सप्तरी रूपनी गाउँपालिका-१ रूपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँलाई जिल्ला प्रहरी कार्यालयले प’क्राउ गरेको हो। शनिबार पत्रकार सम्मेलन गरी मियाँलाई सार्वजनिक गरेको छ। निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्र’हरी कार्यालय सप्तरीबाट प्र’हरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्रा’उ गरेको थियो ।
मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका-५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत साल असोज ८ गते ह’त्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गरिएको थियो। महतोको श’व सप्तरीको शम्भुनाथ नगरपालिका-१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा ह’त्याको भोलिपल्ट फेला परेको थियो। श’व फेला परेपछि घ’ट’नाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा ह’त्या स्वीकार गरी आफूलाई प’क्राउ गर्न चुनौती दिएका थिए। प’क्रन प्रहरी सक्रिय भएपछि उनी फरार भई भारतको विहारमा लुकेर बस्दै आएका थिए।
आरोपित मियाँ यसअघि विसं २०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका-७ बाट एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित प’क्राउ परेका थिए। तत्काल पुर्पक्षका लागि का’रागा’र चलान भएका उनी जरिवानापश्चात नौ महिनापछि रिहा भएका थिए ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याइ चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्र’हरीको अनुसन्धानले देखाईएको छ। प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार मियाँ अवैध ला’गुऔ’षध व्यापार गर्ने, लुकाइछिपाइ ह’तिया’र बोकी हिँड्ने र जनमानसमा ड’र, त्रा’सको वातावरण सिर्जना गर्ने आ’परा’धिक समूहका व्यक्ति रहेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस