प्रचण्डले दु’र्घट’नाको धम्की दिनु पराजयको स्वीकारोक्ति
723 Views
इटहरी, २४ वैशाख खोज मिडिया । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा रेणु दाहालले नजिते मुलुक दु’र्घ’टनामा जाने भनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”ले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको बताएका छन् ।
चुनावी अभियानका क्रममा इटहरी पुगेका ओलीले एमाले उम्मेदवारको पक्षमा मत माग्दै प्रचण्डले दु’र्घ’टनामो धम्की दिए पनि अन्तिममा चिसै पानीले नुहाउँने बताए ।
“पुष्पकमल दाहालले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बकेझैँ बक्नुभएछ देउवाजी,”उनले भने ! पूर्वप्रधानमन्त्री ओलीले गठबन्धनका नाममा छोरी, बुहारी, श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट बञ्चित गरेको बताए । ओलीले सरकारमा गएर बाँडीचुडी खान नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर चुनावमा गएको बताए ।
अध्यक्ष ओलीले कुनै उद्देश्य बिनाको पार्टी र उम्मेदवारलाई सरकारमा नपुर्याउन मतदातालाई आग्रह गरे । उनले गठबन्धन गरेर सरकारमा जान बाँडीचुडी खान र आफन्तलाई खुवाउन मात्रै बनाएको बताए । ओलीले इटहरीको विकासको जिम्म आफूले लिने बताए । उनले भने,”तपाईंहरु याम सुब्बा र संगीता चौधरीलाई तपाईंको प्रतिनिधि बनाउनुहोस् । उहाँहरु मेरो प्रतिनिधि हो ।”





प्रतिक्रिया दिनुहोस