आचरणविपरीतका काम गर्दा ४६ जना म्यादी प्रहरी सेवाबाट बर्खास्त
640 Views
काठमाडौँ, २४ वैशाख खोज मिडिया । आ’चरणवि’परीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्र’हरी का’रबा’हीमा परेका छन् । का’रबाही’मा परेकाहरू सेवाबाटै ब’र्खास्त हुने भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले का’रबा’हीमा परेकाहरूमध्येमा माद्य पदार्थ सेवन गर्ने, अरुलाई दु’र्व्यव’हार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कु’टपि’ट गर्ने काम गरेको बताएका छन् ।
का’रबा’हीमा परेकामध्ये एक जना भने ब’लात्का’र आ’रोपमा प्रहरी हि’रासतमा छन् । उनी काठमाडौं उपत्यकामा खटिएका थिए ।
केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी (व्यावसायिक आचरण) पालना गर्नुपर्छ, तर ४६ जनाबाट भने गैरव्यावसायिक आचरण प्रदर्शन भएको र उनीहरूलाई का’रबा’ही गरिएको केसी बताउँछन् ।
सरकारले निर्वाचन प्रयोजनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू ४० दिनसम्म खटिनुपर्छ । खटिएवापत उनीहरूका लागि सरकारले ४४ हजार ४४० रूपैयाँ तलब समेत तोकिएको छ ।





प्रतिक्रिया दिनुहोस