सु’त्के’री महिलाको हेलिकोप्टरबाट उद्धार
497 Views
अछाम, वैशाख २४ वैशाख खोज मिडिया । अछाममा एक ग’र्भव’ती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका-४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
अम्बकला बि’रामी भएको थाहा पाएपछि एमाले टोलकमिटी गोविन्द विकको अगुवाइमा मोहन विक, जुनपुरा विक, मोती विक, ईश्वरी विकलगायतले स्टेचरमा तीन घण्टा बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए ।
स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि वडा, पालिका र जिल्ला प्रशासनको समन्वयमा सुर्खेत पठाएको समाजसेवी तथा नेकपा एमालेकी नेतृ धर्मिन्द्रा शाहले जानकारी दिइन् । शुक्रबार बिहान बाटुलासैन स्वास्थ्य चौकीमा प्रसूतिका लागि ल्याइएकी विकले छोरीलाई जन्म दिए पश्चात् रक्तस्रावका कारण स्वास्थ्यमा ज’टि’लता आएको थियो ।
बच्चा जन्मिसकेपछि पनि उच्च र’क्तस्रा’व हुँदा उनलाई प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको महिला स्वास्थ्य स्वयंसेविका मनसरादेबी खत्रीले जानकारी दिइन् । स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय एवम् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरी सुर्खेत पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए ।
ग’र्भ’वती, सु’त्केरी तथा ज’टिल अवस्थामा महिलालाई जिल्लामा उपचार सम्भव नभए पछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत कुरुवासहित निःशुल्क सुविधासम्पन्न अस्पतालमा पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताए ।
पछिल्लो ५ महिनाको अवधिमा मात्रै पाँच जना महिलाको हेलिकप्टरबाट उद्धार गरिसकेको उनको भनाइ रहेको छ । दुर्गम क्षेत्रका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिँदै आएको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस