यो साता ह्वात्तै घट्यो सुनको मूल्य,आजको बजार मुल्य हेर्नुहोस,
774 Views
काठमाडौँ, २४ वैशाख खोज मिडिया । यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ थियो भने, यो साताको शुक्रबारसम्म आइपुग्दा ९८ हजार रुपैयाँमा आइपुगेको छ । सातामा सुनको मूल्य २ हजार रुपैयाँसम्म घटेको थियो ।
यसैगरी, गत साताको शुक्रबार प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ९७ हजार ५०० रुपैयाँमा आइपुगेको महासंघले जानकारी दिएको छ । यसैगरी, गत साताको शुक्रबार प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । साताको पहिलो कारोबार दिनदेखि नै घट्न थालेको चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा १२ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आइतबार तोलामा २०० रुपैयाँ घटेर ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तोलामा ८०० ले घटेर सोमबार ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार र बुधबार पनि घटेको थियो । तर, विहीबार र शुक्रबार उकालो लाग्दै सुनको मूल्य शुक्रबारसम्ममा ९८ हजार रुपैयाँ कायम भएको छ ।





प्रतिक्रिया दिनुहोस