कति दिनमा आफ्नो ओछ्यानको तन्ना फेर्नुपर्छ वा धुनुपर्छ? होसियार हुनुपर्ने,
748 Views
काठमाडौँ, २४ वैशाख खोज मिडिया । कति दिनमा आफ्नो ओछ्यानको तन्ना फेर्नुपर्छ वा धुनुपर्छ भन्ने प्रश्नलाई धेरैले हल्का मान्न सक्छन्। केहीलाई यो सार्वजनिक रूपमा छलफल गर्न नहुने विषय पनि लाग्न सक्छ ,तर यो हरेक मानिसलाई असर गर्ने विषय हो। हालै बेलायतका २,२५० वयस्कमा गरिएको सर्वेक्षणले ओछ्यानका तन्ना कति दिनमा फेर्नुपर्छ भन्ने एउटै मत नभएको पाइएको छ।
तन्ना धुने अवधि केहीका लागि थप लामो हुन सक्छ। मनोवैज्ञानिक, न्युरो वैज्ञानिक र निन्द्रा विशेषज्ञ डा. लिन्डसे ब्राउनिङ ढिलो तन्ना धुनु बानीलाई राम्रो मान्दैनन्।
किन तन्ना चाडै बदल्नुपर्छ ? यस्तो छ कारण !
डाक्टर ब्राउनिङका अनुसार हामीले एक वा दुई हप्तामा आफ्नो ओछ्यानको तन्ना बदल्नुपर्छ। आखिर किन त ? हरेक मानिसको शरीरबाट पसिना निस्कन्छ, जुन सुत्दा तन्नामा पनि टासिन्छ। गर्मीमा हामीले नै शरीरबाट निस्कने पसिनाले ओछ्यानलाई भिजाएको देखेको हुन्छौं । एक कम्पनीका अनुसार एक्लै बस्ने महिलाले पुरुषभन्दा विपरित धेरै पटक तन्ना फेर्ने गर्छन् । कम्पनीको तथ्याङ्कअनुसार ६२ प्रतिशत महिलाले हरेक दुई हप्तामा आफ्नो ओछयान धुने गर्छन् ।
जबकि दम्पतीको हकमा यो अन्तराल तीन हप्ताको हुन्छ । डा. ब्राउनिङका अनुसार पसिनाले गर्दा तन्नामा दुर्गन्ध आउँछ। “राम्रोसँग निद्रा लाग्नको लागि हामीले सुत्दा चिसो महसुस गर्नुपर्छ।” जसका लागि हावा चाहिन्छ। सुतेको समयमा पसिना मात्रै होइन हाम्रो छालाका मृ’त कोशिकाहरू पनि निस्किरहेको हुन्छ”। डा. ब्राउनिङले भनिन् । तन्ना छिटो छिटो धोइउन भने तिनमा मृ’त कोशिका जम्मा हुदै जान्छ। ती मृ’त कोशिकाहरुमा उडुस्जस्ता साना जीव आकर्षित हुन्छन्। जसले टोक्छन् र छालामा दाग बसाइदिन्छन् ।





प्रतिक्रिया दिनुहोस