जसले पुल बनाईदिन्छन् उसैलाई दिने मतदान
489 Views
धनुषा, २३ वैशाख खोज मिडिया । वर्षाैंदेखि डु’बा’न र क’टा’नको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका–४ रामपुरका मतदाताले बलुवा खोलामा पुल बनाइदिने उम्मेदवारलाई मात्रै आफ्नो मत दिने बताएका छन्।
बलुवा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा डु’बा’न र क’टानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्णा यात्रा गर्न बाध्य छन्। काम विशेषले धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कातिर खो’ला गहिरो भएकाले बा’ढीका बेला सवारीसाधन नै भासिने जोखिम छ।
बालुवा खोलाको बाढीले बर्सेनि क्ष’ति पुर्याउने गरेको स्थानीयवासीले जनप्रतिनिधिदेखि केन्द्रीय नेतालाई गुहार्दै आएका छन्।”खोलामा पुल नबन्दा भोग्नुपरेको पीडाबारे गुहार्दै आएका छौं, हाम्रो कुरा अहिलेसम्म कसैले सुनेनन्।” रामपुरकै सुभद्रा देवीले भनिन्,”निर्वाचित भएदेखि नै धनुषाधाम नगरपालिकाका जनप्रतिनिधिलाई समेत खोलाले पुर्याउँदै आएको क्षति र पुलको आवश्यकताबारे ध्यानाकर्षण गराए पनि आश्वासनबाहेक केही पाउन सकेका छैनौं।” खोलामा तटबन्धसँगै पुल निर्माणको ग्यारेन्टी गर्ने उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा मतदान गर्ने मतदाताहरुले बताएका छन्।





प्रतिक्रिया दिनुहोस