आज बिहानै वर्षा, दिउँसो यी ६ प्रदेशमा वर्षाको सम्भावना
518 Views
काठमाडौँ, २३ वैशाख खोज मिडिया । बागमतीप्रदेश र गण्डकी प्रदेशका केही क्षेत्रमा बिहानै वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो ।
उपत्यकाको आकाश बदलीले ढाकेकेको छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गणडकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । शनिबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र बागमतीका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षा हुने ठानिएको छ ।





प्रतिक्रिया दिनुहोस