कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग होइन, एमाले र ओली प्रवृत्तिसँग खुलासा
337 Views
चितवन, २२ वैशाख खोज मिडिया । चितवनमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै राम चन्द्र पौडेलले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेसको प्रतिस्पर्धी नरहेको बताए ।
कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी एमाले र ओली प्रवृत्ति रहेको भन्दै उनले गठबन्धन गरेको बताए । नेपाली कांग्रेसका पौडेलले आफूहरुको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति रहेको बताएका हुन्।
निर्वाचितबाटै लोकतन्त्र खतरामा पर्ने भन्नेको पुष्टि ओलीले गरेको भन्दै उनले कांग्रेस चितवनका नेता कार्यकर्तालाई गठबन्धनको उम्मेदवारलाई मत दिन आह्वान गरेका छन् । चितवनका कांग्रेस नेताहरुको असन्तुष्टि मेटाउने प्रयास आफूले गरेको भए पनि यसप्रति नेताहरुले बेवास्ता गरेको समेत पौडेलले बताए ।





प्रतिक्रिया दिनुहोस