“भोट दिनुस् भन्दै आउँछन्”, तर मतदान कसरि गर्ने? कसैले सिकाउँदैनन्
592 Views
तनहुँ, २२ वैशाख खोज मिडिया । तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन्।
मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह रहेको छ। “पहिलोपटक भएकाले कसरी मत हाल्ने भन्नेबारेमा केही जानकारी छैन तर सिकेपछि मत हाल्ने तरिकाबारे जान्नेछु।” उनले भनिन्। कुमालले स्थानीय तहमा हाम्राभन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्ने बताइन्। “अहिले घरदैलो अभियान चलिरहेको छ भने दलका भन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्छ” उनले भनिन ।
यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले मतदातालाई मत हाल्न अलमल हुने बन्दीपुर गाउँपालिका–४ का दुर्गाविलास भट्टराईले बताएका छन् । व्यास नगरपालिका–३ का मधुमाया पौडेलले उम्मेदवार भोट माग्न घरदैलोमा आए पनि मतदान गर्नेबारेमा भने कसैले सिकाउने नगरेको बताइन्। “भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला!”, उनले भनिन्।





प्रतिक्रिया दिनुहोस