चट्याङ लागेर एक जना पुरुषको मृ’त्यु
398 Views
काठमाडौँ, २२ वैशाख खोज मिडिया । लिखु गाउँपालिका ८ टार केराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जीको च’ट्या’ङ लागेर बुधबार साँझ मृ’त्यु भएको छ ।
देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानीसँगै परेको च’ट्या’ङ लागि दुवै जना घा’इते भएका थिए । उनीहरु अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाएको थियो ।
उपचारको क्रममा देवबहादुर दर्जीको मृ’त्यु भएको प्र’हरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ ।





प्रतिक्रिया दिनुहोस