नेकपाका महासचिव (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वयलाई निलम्बन
632 Views
काठमाडौँ, २२ वैशाख खोज मिडिया । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् ।
नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिको सचिवालयलको बैठकको निर्णयबाट उनीहरुलाई निलम्बन गरेको जानकारी दिएका छन् ।

यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए भने स्थानीय चुनावको नीतिका सन्दर्भमा नेकपामा अन्तरविरोध चर्किएको जनाएको छ । यता बुधबार बसेको बास्तोला र ओली पक्षको बैठकले पनि महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै का’रबा’ही गरेको थियो ।





प्रतिक्रिया दिनुहोस