रोशी गाउँपालिकामा मिनी बससँग टाटा सुमो ठोक्किँदा ५ जनाको मृ’त्यु
526 Views
काभ्रे, २१ वैशाख खोज मिडिया । तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाट सुमोसँग ठो’क्किँ’दा पाँच जनाको मृ’त्यु भएको छ । दु’र्घ’ट’नामा एक बच्चासहित पाँचजनाको मृ’त्यु भएको हो ।
मृ’त्यु हुनेमा वर्ष ३० को विक्रम श्रेष्ठ, ४५ वर्षीय हरिबहादुर बल, ४५ वर्षीय रमिला नेपाली, ३० वर्षीय सम्झना भुसाल र उनको ६ वर्षीय संगीत भुसाल रहेका छन् ।
काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको टाटा सुमोसँग काभ्रेको रोशी गाउँपालिका-११ मा दु’र्घ’टनामा परेको काभ्रे प्र’ह’रीले जनाएको छ ।
यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग ठ’क्कर’ खाएको थियो । काभ्रेको रोशी गाउँपालिका–११ मा भएको उक्त दु’र्घ’टनामा एक बच्चासहित पाँचजनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताए ।
दु’र्घ’टनामा परी मृ’त्यु भएकाहरूको सनाखत हुन नसकेको र घा’इतेहरूको उद्धारको काम भइरहेको जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिएका हुन् । दु’र्घ’ट’नामा परी घा’इते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रवक्ता खतिवडाले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस