कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउने?, निर्देशिक जारी
657 Views
काठमाडौँ, १९ वैशाख खोज मिडिया । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ । यही वैशाख ३० गतेको निर्वाचनका लागि आयोगले सोमबार निर्देशिक जारी भएको हो ।
नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा हलुका सवारीसाधन र दुई वटासम्म घोडा प्रयोग गर्न पाउने छन्। आयोगका अनुसार अधिकृतले निवेदनका आधारमा उल्लिखित सङ्ख्यामा नबढ्ने गरी सवारीसाधन प्रयोग गर्न अनुमति दिने जनाएको छ ।

निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमति पत्र लिएर मात्र प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउने छन्। जसअनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख र वडाध्यक्ष वा वडा सदस्यले बढीमा दुई वटा हलुका सवारीसाधन प्रयोग गर्न पाउने जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस