निर्वाचन आयोगले इन्टरनेट सेवा बन्द नहुने परिस्थित बनाउन निर्देशन
582 Views
काठमाडौँ, १९ वैशाख खोज मिडिया । निर्वाचन आयोगले इन्टरनेट सेवा बन्द नहुने परिस्थित बनाउन निर्देशन दिएको छ।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले इन्टरनेट सेवा बन्द हुने अवस्था नआउने परिस्थिति बनाउन निर्देशन दिएको हो। शनिबार इन्टरनेट सेवा प्रदायक संघले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द हुन सक्ने भन्दै चेतावनी दिएको थियो।
आयोगले त्यस विज्ञप्तिको ध्यानाकर्षण भएको भन्दै त्यस्तो अवस्था आउन नदिन भनिएको छ । निर्वाचनको समयमा इन्टरनेट सेवा अवरोध भएमा निर्वाचन व्यवस्थापनमा गम्भीर असर पर्ने आयोगले आपति जनाएको छ ।
“मुलुकभर सबै स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भएकोले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिति बनाउन आयोग निर्देशन दिइन्छ।” आयोगले जनाए ।





प्रतिक्रिया दिनुहोस