(यु आर ब्युटीफुल लेडी, तर थुतुनो ठिक भएन) भन्ने जवाफ फर्काएपछि “केशव स्थापित” विवादमा
564 Views
काठमाडौँ,१९ वैशाख खोज मिडिया । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाइ स्थापितसँग स्पष्टीकरण मागेको जनाए ।
“विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ । चौबिस घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेका छौं।” निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भने । केही दिनअघि स्थापितले धुम्बाराइस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पटीकरण सोधिएको उनले बताएका छन् ।
कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको “मिटु” का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै (यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन) भन्ने जबाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका थिए । आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो ।
“उहाँको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबिस घन्टाभित्र स्पटीकरण पेस गर्नु भनी भनेका छौं।” सहसचिव भट्टराईले बताए । पत्र बुझेको चौबिस घन्टाभित्र स्थापितले स्पष्टीकरण आयोगसमक्ष बुझाउनु पर्ने उनले जनाए ।





प्रतिक्रिया दिनुहोस