देउवालाई नैतिक संकट आइलाग्न सक्ने सम्भावना
568 Views
काठमाडौँ, १८ वैशाख खोज मिडिया । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयतामा रहेका डिआइजी जयबहादुर चन्दलाई नेपाल प्र’ह’रीको महानिरीक्षक (आइजीपी) बनाएका छन् ।
पहिलो नम्बरमा थिए, डिआईजी नवराज सिलवाल त्यस्तै, दोस्रो नम्बरमा थिए, प्रकाश अर्याल तर, देउवाले तेस्रो नम्बरमा रहेका चन्दलाई आइजीपी बनाइदिएका हुन् । वि.स.२०७३ फागुन १ गते बसेको मन्त्रिपरिषद् बैठकले दुई वरिष्ठ डिआइजीहरूलाई पाँखा लगाउँदै चन्दलाई आइजीपीमा नियुक्त गरेको थियो ।
“नेपाल प्रहरीका बहालवाला प्रहरी नायब महानिरीक्षकहरूमध्येका योग्यतम् तथा विगत चार आवको कार्यसम्पादन मूल्यांकनमा प्रतिस्पर्धीहरूमध्ये औसत उच्चतम अंक प्राप्त गरेका व्यक्तिलाई प्रहरी महानिरीक्षक पदमा तत्काल नियुक्त गर्नु गराउनु भनी विपक्षीमध्येका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय समेतका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ।” सर्वोच्चको आदेशमा उल्लेख थियो ।
तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले वरीयताक्रम मिच्न नहुने अडान लिएका थिए । उनको पक्षमा तत्कालीन सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए तर, देउवा भने जसरी पनि चन्दलाई आइजीपी बनाउने अडानमा रहेका थिए । उनले गृह मन्त्रालयको प्रस्ताव लत्याउँदै चन्दलाई आइजीपी बनाए । पछि अदालतले उनको निर्णय उल्ट्याइदियो ।
यसअघिको घ’टना’बाट पाठ सिकेर देउवाले आफ्नो मान्छेभन्दा वरीयताक्रमअनुसार पहिलो नम्बरमा रहेकालाई आइजीपी बनाउन सक्नुपर्थ्यो । अदालतले उनको निर्णय खारेज गरिदियो भने देउवालाई नैतिक सं’कट आइलाग्न सक्ने जनाएको छ।





प्रतिक्रिया दिनुहोस