माछापुच्छ्रे गाउँपालिका वडा नं ८ /९ मा कांग्रेस र एमाले वडाअध्य्क्षमा (कोको मनोनयन?)
760 Views
रजनी तामाङ्ग,
कास्की, वैशाख १३ खोज मिडिया । कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं ८ र ९ का वडा अध्य्क्षमा वैशाख १२ गते निर्वाचनको लागि मनोनयन गरिएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयनमा वडा नं ९ मा नेपाली कांग्रेस पार्टीको तर्फबाट सिधिंग निवासी राजेन्द्र क्षेत्रि मनोनयन भएको छ, भने नेकपा एमाले पार्टीबाट आईत बहादुर क्षेत्रि मनोनयन भएको छ ।
त्यस्तै, माछापुच्छ्रे गाउँपालिका वडा नं ८ मा नेपाली कांग्रेस पार्टीबाट मर्दी हिमाल मोडेल ट्रेकका होटल व्यवसाय एवम क्यान्योनिङ्ग संचालक घलेल निवासी राम गुरुङ मनोनयन भएको छ ।
“जनताको बहुदलीय जनवाद जिन्दाबाद” भन्ने नाराको साथ नेकपा एमाले पार्टीको तर्फबाट वडा नं ८ निवासी कृष्ण प्रसाद दवाडी मनोनयन गरिएको छ ।





प्रतिक्रिया दिनुहोस