चार जना पत्रकार चुनावी मैदानमा
631 Views
सप्तरी, बैशाख १३ खोज मिडिया । यहीं वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीका चार पत्रकारले मनोनयन दर्ता गराएका छन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव भोला पासवान जसपा नेपालको पार्टीबाट जिल्लाको कंचनरुप नगरपालिकाको प्रमुख पदमा मनोनयन दर्ता गराएका हुन् ।
दलित अगुवाको रुपमा परिचित उनी दुई दशकदेखी पत्रकारिता गर्दै आएका छन् । यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्ष पदमा पत्रकार हेमशंकर सिंहले जनता प्रगतिशिल पार्टीबाट मनोनय दर्ता गराएका छन् । उनी पनि २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।
यसैगरि राजविराज नपा वडा नं. ८ को वडा अध्यक्ष पदमा पत्रकार सतिश दत्तले मनोनयन दर्ता गराएका छन् । मैथिली साहित्य परिषदका अध्यक्ष समेत रहेका उनले नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट अध्यक्षमा मनोनय दर्ता गराएका हुन् ।
यसैगरि नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिव चन्दनकुमार यादवले राजविराज नपा वडा नं. २ बाट वडा अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् । उनी पनि डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।





प्रतिक्रिया दिनुहोस