मेलम्ची खानेपानी आइतबारदेखि काठमाडौँ उपत्यकामा वितरण हुँदै
598 Views
काठमाडौँ, ११ वैशाख खोज मिडिया । मेलम्ची खानेपानी आयोजनाको पानी वैशाख ११ गते आइतबारदेखि काठमाडौँ उपत्यकामा वितरण सुरु भएको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।
गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो । सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजदेखि पानी वितरण थालिएको हो ।





प्रतिक्रिया दिनुहोस