भिटामिन ‘इ’ को कमीले यी ग’म्भी’र रो’गलाई दिन्छ निम्तो, यस्तो छ लक्षण
669 Views
कास्की, १० वैशाख खोज मिडिया । मानिसको जिवनमा स्वस्थ रहनु अत्तिआवश्यक विषय हो । मानिसको शरीरमा भिटामिन ‘इ’ कमि हुँदा देखिने लक्षणहरु यसरी वर्गीकरण गरिएको छ ।
भिटामिन इ को कमीका लक्षणः
– मांसपेशी वा हड्डी अचानक दुख्नु वा दह्रो महसुस हुनु ।
– आँखाको ज्योति कम हुनु वा केही कुरा हेर्न खोज्दा आँखा तिरमिराउनु,
– काम नगर्दा पनि कमजोरी महसुस हुनु,
– कपाल असाध्यै झर्नु,
– पाचन सम्बन्धि समस्या,
– छाला सुख्खा हुनु,
– ओठ फुट्नु वा मुखको किनारा फुट्नु,
– बारम्बार संक्रमण हुनु, कमजोर प्रतिरोधी क्षमता,
– तनाव हुनु,
भिटामिन इ को कमीले हुने समस्याः
भिटामिन इ को कमीले शरीरलाई पर्याप्त मात्रामा अक्सिजन प्रदान गर्दैन र यसै कारण थुप्रै गम्भीर समस्या हुनसक्छ जसमा ब्रेन ह्यामरेज र हृदयघात आदि समावेश छन् । यसबाहेक भिटामिन इ को कमीले मानसिक विकार हुनसक्छ र प्रतिरोधी क्षमता पनि कमजोर हुनसक्छ । त्यसैले सावधान हुनुपर्छ ।
भिटामिनको इ को कमी कसरी पुरा गर्ने ?
शरीरमा भिटामिन इको कमी नहोस् भनेर पालुङ्गो, बदाम, एभोकाडो, सूर्यमुखी फूलको दाना, अण्डा, ओखर, हरियो पत्तेदार सागसब्जी, ब्रोकली, आँप, मेवा, भटमासको तेल आदि समावेश गर्नुपर्छ । यी भिटामिन इ को राम्रो स्रोत मानिन्छ ।
भिटामिन इ अत्यधिक मात्रामा खाना हुने क्षतीः
खाद्य पदार्थमार्फत भिटामिन ई लिनु खतरनाक होइन तर अत्यधिक मात्रामा यसको सेवन हानिकारक हुनसक्छ । शरीरमा भिटामिन इ को मात्रा अत्यधिक हुँदा अत्यधिक रक्तश्राव र थकानसहित थुप्रै अन्य रोग पनि लाग्न सक्छ । त्यसैले डाक्टरको सल्लाह नलिइकन भिटामिनको सप्लिमेन्ट नलिनुहोस् ।
साधारणतया मानिसको शरीरमा भिटामिन ए, बी, सी र डी लाई लिएर सचेत रहन्छौँ तर शरीरमा भिटामिन ‘इ’ वा ‘के’ को कमीले पनि थुप्रै घातक रोगको कारण बन्ने गर्छ । शरीरमा हरेक भिटामिनको आ–आफ्नै महत्व छ र यसले रोगबाट जोगाउँछ । भिटामिन ‘इ’ को कमीले हुने खतराबारे आज जानकारी लिऔँ ।
शरीरमा भिटामिन न त कम हुनुहुन्छ न धेरै । किनभने दुबैको आ–आफ्नो भिन्न हानी हुन्छ । भिटामिन ‘इ’ को कुरा पनि यस्तै हो । यसको कमीको संकेत पनि शरीरले विभिन्न तरिकाले दिन्छ ।





प्रतिक्रिया दिनुहोस