कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भेटिएमा हटाउन आग्रह
614 Views
काठमाडौँ, १० वैशाख खोज मिडिया । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आयोगले आग्रह गरेको छ ।
शनिवार गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराएको छ ।
कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह समेत गरेको छ । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न उनको आग्रह रहेको छ ।
साथै कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री प्रयोग गरे का’र’वाहीमा पर्ने समेत आयोगको भनाई रहेको छ ।





प्रतिक्रिया दिनुहोस