८ थान स्कुटर सहित चो’री कार्यमा संलग्न प”क्राउ
567 Views
काठमाडौँ, १० वैशाख खोज मिडिया । काठमाडौँका विभिन्न स्थानबाट चोरी भएका ८ थान स्कुटर सहित चोरी कार्यमा संलग्न रहेको अभियोगमा काभ्रे धुलिखेल नगरपालिका-११ घर भएका १८ वर्षीय किशोर सहित ५ जना किशोरहरूलाई प्र’हरीले प’क्राउ गरेको छ ।
प्र’हरी वृत्त स्वयम्भूबाट खटिएको प्र’हरीले बुधबार १ जना किशोरलाई चो’री भएको १ थान स्कुटर सहित नि’यन्त्र’णमा लिई थप अनुसन्धान गर्ने क्रममा काठमाडौँका विभिन्न स्थानबाट चो’री गरी स्कुटर लुकाई राखेको खुल्न आएपछि बिहीबार काठमाडौँ महानगरपालिका-१५ चौमतीस्थित सडकबाट चो’री भएका अन्य ७ थान स्कुटर सहित चोरी कार्यमा संलग्न ती किशोरहरूलाई प’क्रा’उ गरेको हो ।
उनीहरू उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई प्र’हरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस