पत्रकार रवि पाण्डे हि’रास’तमा
718 Views
काठमाडौँ, १० वैशाख खोज मिडिया । क्रान्तिकारी पत्रकार महासंघले पत्रकार रवि पाण्डेयलाई हि’रा’सतमा लिएकोप्रति आ’पत्ति जनाएको छ ।
क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले शनिबार विज्ञप्ती जारी गर्दै महासंघका महासचिव पाण्डेयलाई नवलपरासी ‘बर्दघाट सुस्तापश्चिम’ इलाका प्र’हरी कार्यालय सुनवलले हि’रा’सतमा लिएकोप्रति आ’पत्ति जनाइएको हो ।
शनिवार विहान नेकपा “क्रान्तिकारी माओवादी”ले सुनवल क्षेत्रमा गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न गएका पाण्डेलाई पक्राउ गरिइएको जनाइएको छ ।
समाचार संकलन गरेकै आधारमा प’क्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै महासंघले घोर वि’रोध र भत्र्सना गरेको छ । महासचिव पाण्डेयलाई विनाशर्त अबिलम्ब रिहाइ गर्न क्रान्तिकारी पत्रकार महासंघले माग गरेको छ ।





प्रतिक्रिया दिनुहोस