पोखरामा मेयरको उम्मेदवार पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले पार्टी कार्यालयमा नाराबाजी
540 Views
कास्की, १० वैशाख खोज मिडिया । कास्की जिल्लाको पोखरामा मेयरको उम्मेदवार पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले पार्टी कार्यालयमा नाराबाजी गरेका छन् ।
महानगरपालिकाको मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।
पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको भागवण्डा अनुसार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका छन् ।
पोखरा महानगरपालिकाको तालमेलको विषयमा नेपाली कांग्रेसभित्र विवाद रहेको छ । केन्द्रका नेताहरुले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकाले स्वीकार्न नसकिने जिल्ला सचिव भानुभक्त ढकालको भनाई रहेको छ ।





प्रतिक्रिया दिनुहोस