कांग्रेसले पूरा गर्न नसक्ने कुरा घोषणा पत्रमा लेखन थाल्ने
639 Views
काठमाडौँ, ७ वैशाख खोज मिडिया । नेपाली कांग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने भएको छ। अहिलेसम्म सुझाव संकलन गरिएको थियो। ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट कांग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो।
मंगलबारसम्म सुझाव लिइएको र आजदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए। उनकाअनुसार वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ। कांग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र बनाउँदैछ। यसपालि कांग्रेसले स्थानीयस्तरबाट पनि प्रतिबद्धा पत्र तयार गरी सार्वजनिक गर्ने तयारी गरेको छ। उम्मेदवारका भिन्नै र पार्टी समितिबाट भिन्नै प्रतिबद्धता पत्र हुने जनाएको छ ।
केन्द्र र स्थानीयस्तरमा बनाइने घोषणा पत्रमा पूरा गर्न नसकिने खालका विषय समावेश नगर्न भनिएको ती नेता बताउँछन्। विगतका घोषणा पत्र हेर्दा पूरा गर्न नसकिनेखालका विषय पनि समावेश गरिएका थिए।
कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्ने तयारी गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले विगत ३ वर्षमा गरेका नराम्रा कामबारे पनि घोषणा पत्रमा केही बुँदा हुनेछन्। यस्तै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेका राम्रा र नराम्रा कामबारे पनि समीक्षा हुने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस