माछापुच्छ्रे गाउँपालिका ताखोर गाउँ चिनारी गित सार्वजनिक
637 Views
कास्की, ४ वैशाख खोज मिडिया । गण्डकी प्रदेश माछापुच्छ्रे गाउँपालिका वडा नं ९ ताखोर गाउँ चिनारी तामाङ्ग सेलो बिड्को गित वैशाख ४ गते बेलुकी ४ बजे सार्वजनिक भएको छ ।
विशेष गरि ताखोर गाउँ हुँदै माछापुच्छ्रे हिमाल छोटो दुरीको पैदल यात्रा पनि जाने गरिन्छ । ताखोर गाउँको सेरोफेरोका ठाउँहरु पर्यटकीय स्थल बनेको हुँदा यस गाउँमा पनि पर्यटन प्रवर्धनको लागि उक्त गाउँको चिनारी गित निकालिएको हो । माछापुच्छ्रे गाउँपालिका भित्र धेरै गाउँहरु रहेको र उक्त गाउँहरुमा आन्तरिक तथा बाहृय पर्यटनहरु भित्र्याउनको लागि बिभिन्न ठाउँहरुमा होमस्टे पनि खोलिएको छ ।
विशेष गरि ताखोर गाउँमा तामाङ्ग जातिहरु मात्रै रहेकोले गर्दा “तामाङ्ग नमुना” बस्ति भनेर पनि नामकरण गरिएको छ । यस गाउँको छुटै विशेषता रहेको छ । जुन गाउँको विशेषताहरु उक्त गाउँको चिनारी गीतको मध्यमबाट नै उल्लेख गरिएको छ । पछिल्लो समयमा पश्चिम भेगमा आफ्नो गाउँ-ठाउँ चिनारी गीतहरु धेरै भन्दा धेरै सार्वजनिक भएको छ । कत्तिपय ठाउँहरुमा उक्त गीतको माध्यमबाट नै गाउँ ठाउँ चिनिने भएकोले गर्दा ताखोर गाउँको लागि पनि गाउँ चिनारी गित निकालिएको हो ।

सो गीतका कलाकारहरु पहिलो चोटी क्यामरा फेस गरिएका छन् । यस गीतका मुख्य पात्रो सुमित्र तामाङ्ग डुमजन पहिलो चोटी क्यमेरा फेस गरिएकि कलकार हुन् । सेकेन्ड रोलको भूमिका भने खोज मिडियाका संचारकर्मी पत्रकार रजनी तामाङ्ग रहेको छ भने उक्त गीतका कोरोसमा गाउँकै दिदीबहिनीहरु रहेको उक्त गीतको भोकल दिपा तामाङ्ग, शब्द-धन प्रसाद तामाङ्ग, म्युजिक-प्रकास तामाङ्ग तितुंग, एरेन्ज-पवन वाङ्ग लामा, मिक्स-डिका गुरुङ, स्टुडियो-काठमाडौँ डिजिटल, भिडियो निर्माता-ताखोर तामाङ्ग समाज, कलाकारहरु सुनिता तामाङ्ग, रजनी तामाङ्ग, शृंगार-त्रिस्ता थापा मगर, नृत्य-पूर्ण लामा, छायांकान/सम्पादन/कलर बज्र ङयास्युर, प्राबिधिक-सन्तोस पराजुली, अर्जुन तिमिल्सिना, गोपाल तिमिल्सिना,एस एम एस, निर्देशक-बुद्ध लामा, ड्रेस-शिखर छहारी ड्रेस सेन्टर बेसी गाउँ, पोखरा कला केन्द्र सिद्धार्थ चोक पोखरा, कोरोस नृत्य कलाकारहरु निता तामाङ्ग, पवित्र तामाङ्ग, अनु तामाङ्ग, अन्जली तामाङ्ग, मोनिका तामाङ्ग,सलिन तामाङ्ग, डिलु तामाङ्ग, सुस्मा तामाङ्ग, निमा तामाङ्ग, समिक्षा तामाङ्ग, प्रिती तामाङ्ग, हरुको उपस्थितिमा उक्त भिडियो निर्मार्ण गरिएको छ
उक्त गीतको अडियो निर्माता रजनी तामाङ्ग/(खोज मिडिया)





प्रतिक्रिया दिनुहोस