बुढानीलकण्ठबाट चितुवाको छालासहित चार जना प’क्राउ
361 Views
काठमाडौँ, ४ वैशाख खोज मिडिया । काठमाडौंको बुढानीलकण्ठबाट दुई वटा चितुवाको छालासहित चार जना प’क्राउ परेका छन्। बुढानीलकण्ठ नगरपालिका-८ गल्फुटार र काठमाडौं महानगरपालिका-३ को सीमानाबाट चार जनालाई छालासहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
पक्राउ पर्नेमा गुल्मी चन्द्रकोट गाउँपालिका-७का ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगा घर भई भक्तपुर बस्ने २९ वर्षीय फुरी शेर्पा, धादिङ घर भई भक्तपुर बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली घर भई ललितपुर बस्ने ३० वर्षीय विकास पुर्कुटी छन्।
दुर्लभ वन्यजन्तुको छाला ओसारपसार भइरहेको भन्ने सूचना प्र’हरीले पाएको थियो। सो सूचनापछि प्र’हरी प्रभाग बुढानीलकण्ठबाट शुक्रबार सवा १ बजे प्र’हरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। सो टोलीले उनीहरूलाई प’क्राउ गरेको हो। लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्वपश्चिम गेष्ट हाउसमा चेक गर्दा दुई वटा छुट्टा-छुट्टै झोलामा छाला बरामद गरेको थियो । त्यस्तै चितुवाको छाला नभएको खप्पर जस्तो एक थान पनि बरामद भएको मैनालीले बताए। उनीहरूमाथि थप अनुसन्धान तथा का’रबाहीको लागि आइतबार डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।





प्रतिक्रिया दिनुहोस