आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा पेट्रोल तथा डिजेल बिक्रीमा सिमा निर्धारण
358 Views
कोलम्बो, ३ वैशाख खोज मिडिया । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ ।
सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सिपिसी)ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ ।
जबकि तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयाँसम्मको पाउन सक्नेछन् । तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागु हुनेछैन ।
यसैबीच, सिलोनका धेरै पेट्रोल स्टेसन बाहिर इन्धन भर्नेहरुको लामो लाइन लागेको छ । धेरैले पेट्रोल लिन घन्टौँ कुरेर पनि खाली हात फर्किन बाध्य भएको गुनासो गरेका छन् ।





प्रतिक्रिया दिनुहोस