मांसाहारी खानाको विश्लेषण
478 Views
काठमाडौँ, ३ वैशाख खोज मिडिया । कुपोषण (Under Nutrition) भएकालाई मांसाहारी खाना बढी खाने सल्लाह दिइन्छ । किनभने यसमा प्रशस्त क्यालोरी, प्रोटिन र भिटामिन हुन्छ ।
यसमा फ्याटको मात्रा पनि बढी हुन्छ । मांसाहारी खानाले मोटोपना र उच्च कोलेस्ट्रोल हुने सम्भावना बढाउँछ । त्यसैले एउटा स्वस्थ मानिसले पनि धेरै मांसाहारी खानेकुराको प्रयोग गर्नु हुदैन ।
मांसाहारी खाना पकाउने बेलामा तेल (Fat) र नुनको प्रयोग झन बढी गर्ने गरिन्छ । एउटा स्वस्थ मानिसले हप्तामा दुईवटा भन्दा बढी अण्डाको पहेलो भाग खानु हुँदैन ।
तर उच्च कोलेस्ट्रोल भएको व्यक्तिले एउटा पनि अण्डाको पहेंलो भाग खानु हुँदैन सेतो भागमा प्रोटिन र भिटामिन प्रयाप्त हुन्छ, जुन लाभदायक हुन्छ । कुखुराको छाला र मासुमा धेरै फ्याट हुन्छ ।
माछामा पाइने फ्याट लाभदायक हुन्छ । त्यसैले माछाको प्रयोग गर्न मिल्छ । तर हाम्रो समाजमा कोलेस्ट्रोल बढी भएको व्यक्तिले पनि जानकारीको अभावमा अण्डा, कुखरा र मासुको प्रशस्त प्रयोग गर्ने गर्दछन् ।
जानकारीको अभावमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग र उच्च कोलेस्ट्रोल भएका बिरामीहरुले निर्धक्कसँग मांसाहारी खानाको सेवन गरेको देखिन्छ । यस्तो खानपिनले नेपालमा पनि हृदयाघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरुबाट मर्नेहरुको संख्या बढ्दै गईरहेको देखिन्छ।





प्रतिक्रिया दिनुहोस