क्याम्पस प्रमुखलाई छात्रावासको शौचालयमा थुनेर बाहिर नाराबाजी
694 Views
काठमाण्डौ, २ बैशाख खोज मिडिया । काठमाण्डौको लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल) का क्याम्पस प्रमुखलाई बिद्यार्थीहरुले छात्रावासको शौचालयमा थुनेर बाहिरबाट नाराबाजी गरेका छन्।
अनेरास्ववियु अमृत साइन्स क्याम्पस इकाइ कमिटीका अध्यक्ष रुद्रहरी पोखरेल, पूर्वअध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य कमलराज जोशीलगायत डेढ दर्जन विद्यार्थीले क्याम्पस प्रमुख लोकराज बराललाई छात्रावासको शौचालयमा थुनेर बाहिरबाट नाराबाजी गरेका हुन्।
अनेरास्ववियुका नेताहरुले पटक पटक ध्यानाकर्षण गराउदा पनि क्याम्पस प्रशासनले शौचालय मर्मत नगरेको र बारम्बारको आग्रहलाई लत्याएपछि आफुहरुले क्याम्पस प्रमुखलाई शौचालयको अवस्था देखाउन शौचालयभित्र थुनिदिएको दाबी गरेका छन्





प्रतिक्रिया दिनुहोस