माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा कार दु*र्घट*नामा एकै परिवारको चार जना
811 Views
कास्की, २६ चैत खोज मिडिया । चैत २६ गते शनिवार बिहान अन्दाजी ७:४५ बजेको समयमा माछापुच्छ्रे गाउँपालिका ४, लाहाचोक बाट पोखरा तर्फ जादै गरेको ग ३ च ७५८७ न.को कार अनियन्त्रित भई सडक बाट करिब ७० फिट तल मर्दीखोलामा खसेको थियो ।
उक्त कारमा एकै परिवारका चार जना सदस्य मध्य माछापुच्छे –४,लाहाचोक बस्ने वर्ष ६३का भिम ब.श्रेष्ट, वर्ष ७०का भोज ब.श्रेष्ट, वर्ष २९ कि रमा श्रेष्ट शाही र वर्ष २७ कि पार्वती श्रेष्ट घाईते भएका थिए भने घा*ईते सबैलाई मणिपाल अस्पताल लागिएको थियो ।
सोहि कार चालक ६३ वर्षीय भिम बहादुर श्रेष्ठ थिए । चालक भिम बहादुरको दाई भोज बहादुरलाई भने खुट्टामा चोट लागेको जनाएको छ । कार चालकको बहिनीलाई आँखामा चोट लागेको स्थानीय स्रोत कुमार श्रेष्ठले बताउनु भयो । कार चालक भने सकुसल रहेको बताउनु भयो । दु*र्घट*ना भएको कारमा चार जना परिवार एकै घरको दाजु-भाई, दिदीबहिनी मात्रै रहेको बताउनु भएको छ ।
कार चालकको दाई भोज बहादुरको मणिपाल अस्पतालमा उपचार भईरहेको बताउनु भएको छ ।





प्रतिक्रिया दिनुहोस