लाहाचोक बाट पोखरा तर्फ जादै गरेको कार मर्दीखोलामा खस्यो
1065 Views
पोखरा चैत्र २६, खोज मिडिया । आज अन्दाजी विहान ७:४५ बजेको समयमा माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोक बाट पोखरा तर्फ जादै गरेको ग ३ च ७५८७ न.को कार अनियन्त्रित भई सडक बाट करिब ७० फिट तल मर्दीखोलामा खस्दा माछापुच्छे –४,लाहाचोक बस्ने वर्ष ६३का भिम ब.श्रेष्ट, वर्ष ७०का भोज ब.श्रेष्ट, वर्ष २९ रमा श्रेष्ट शाही र वर्ष २७ पार्वती श्रेष्ट घाईते भएको अस्थाई प्रहरी बिट हेमजाले जानकारी दिएको छ । घाइतेहरुको उपचारको लागि पोखराको मणिपाल अस्पताल लगिसकिएको छ । उक्त कारमा ४ जना सवार थिए ।





प्रतिक्रिया दिनुहोस