आचारसंहिताका बुँदाहरु त्रुटिपूर्ण, संविधान विपरित भएकोले सच्याउन ६ बुँदे आग्रह
623 Views
काठमाडौँ, २५ चैत खोज मिडिया । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका आजैदेखि रातिदेखि आचारसंहिता लागु गर्ने भएको छ । आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई लागू हुने आयोगले जनाएको छ ।
आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसै गरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।
यसपटक स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइने छ, भने साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगालगायतका सवारी साधन प्रयोग गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ । आयोगले राजनीतिक दलहरुबाट आचारसंहिता लागु गराउन प्रतिवद्धता लिइसकेको छ । नेकपा एमालेले भने आयोगलाई केही आचारसंहिताका बुँदाहरु त्रुटिपूर्ण र संविधान विपरित भएकोले सच्याउन ६ बुँदे आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस