पवित्र सहकारीको सहकारी अध्ययन भ्रमण सम्पन्न
669 Views
पोखरा । रानाभाट तथा भाट समाजद्धारा संचालित कास्कीको पवित्र वचत तथा ऋण सहकारी संस्थाको सहकारी अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।
शेयर सदस्यहरुलाई सहकारीहरुले के कस्ता कार्यहरु गर्न सक्छन्, कतिसम्म गर्न सक्छन, सहकारीको प्रगतीमा शेयर सदस्यहरुको भूमिका के हुने भन्ने वारेमा अवलोकन भ्रमणमा १८ गते पोखराबाट सहकारीको समुह भ्रमणमा गएको थियो ।

सहकारीका संस्थापक सचिव तथा सहकारी प्रवद्र्धन संरक्षण समितिका सदस्य पत्रकार कृष्ण रानाभाटको नेतृत्वमा गएको समुहले झापा जिल्लाको नेपाल बहुउध्येश्यिय सहकारी (एनएमसी) को अवलोकन गरेको थियो ।
आफ्नै ६ वटा सुविधा सम्पन्न भवनहरु, अर्वौको वचत तथा ऋणको कारोवार, करोडौ रुपैया डेरी उद्योगमा लगानी गरेको एनएमसीको वारेमा संस्थाकी सम्बन्ध विस्तार अधिकारी किरण कटेलले जानकारी दिएकी थिइन् ।

उनले सहभागीहरुको जिज्ञासाहरुको जवाफ दिदैं आर्थिक पारदर्शिता र शेयर सदस्यहरुको नजिक रहेर काम गर्नु नै आफ्नो सहकारीको प्रगतिको मुल मन्त्र रहेको वताएकी थिईन् ।
सो अवसरमा पवित्र वचत तथा ऋण सहकारीका कोषाध्यक्ष एकेन्द्र वञ्जरा, ऋण लगानी उपसमितिका संयोजक यामबहादुर रानाभाट, कार्यसमिति सदस्य तथा महिला ऋण उपसमितिकी सदस्य गंगा रानाभाट, शिक्षा उपसमिति सदस्य टिका रानाभाटले आआफ्नो समितिले गरेका कार्यहरुको जानकारी दिएका थिए ।

उक्त भ्रमण समुहले नेपालका पुर्वी जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरु, जानकी मन्दिर, वराहक्षेत्र, बुढासुब्बा, दन्तकाली, कन्यामको चिया वगान, पाथीभरा मन्दिर र भारतका सिक्किम तथा दार्जिलिङका मुख्यमुख्य पर्यटकीय क्षेत्रको अवलोकन गरेको भ्रमण संयोजक कृष्ण रानाभाटले वताए ।





प्रतिक्रिया दिनुहोस