७ (सात)अर्ब ३३(तेत्तिस) करोड नाफा नेपाल टेलिकमको
354 Views
काठमाडौँ, २४ चैत खोज मिडिया । नेपाल टेलिकमले सात अर्ब तेत्तिस करोड मुनाफा आर्जन गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका थिए ।
उनले को*भिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पारे । अध्यक्ष अर्यालले भने, “अन्तराष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट पाँच अर्ब असि करोड, वायरलेस सेवाबाट तिन अर्व तेत्तिस करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा बयालीस अर्व एक्काईस करोड र सात अर्व तेह्र करोड कायम गर्न कम्पनी सफल भएको छ । को*भिड १९ को कारणले भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरूले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।”
टेलिकमले सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने भएको छ । सेयरधनीहरूको मनोबललाई उच्च बनाउन बोनस सेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष अर्यालको भनाई रहेको छ । अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताएका छन् । अनलाईन पेमेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि फोकस गरिएको नेपाल टेलिकमले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस