चार ओटी छोरी मात्रै जन्मेकी भन्दै “लक्ष्मी तामाङ्ग” लाई घरेलु हिँसा
1091 Views
काठमाडौँ, २४ चैत खोज मिडिया । नेपालका विभिन्न क्षेत्रहरुमा विभिन्न जातजातिका मानिसहरु मिलेर समुदाय बनाएर बसोबास गर्दै आईरहेका छन् । त्यसरीनै समाजमा बसोबास गर्ने क्रममा एउटा घरभित्र परिवार हुन्छन्,ति परिवारमा छोरा-छोरि दुवै जन्मेका हुन्छन् । पुरुष र महिलाको रुपमा दुई जात मात्रै छुट्टाईएको समाजमा कत्तिपय समुदायहरुमा छोरीको जन्म हुँदा बुहारीले हिंसा खेप्नु पर्ने समाचार सुन्दै आएका छन् ।
यसै गरि भक्तपुर जिल्लाको लोकन्थलीमा बसोबास गर्दै आएकी लक्ष्मी तामाङ्ग र उहाँको श्रीमान् कोम बहादुर तामाङ्गसँग भलाकुसारी गर्ने क्रममा लक्ष्मी तामाङ्ग आफ्नो बिगतलाई स्मरण गर्दै भावुक बनिन् । किनकि उनि पनि श्रीमानको घरबाट छोरी मात्रै जन्मेको भनि परिवारबाट हेपाई सहनु परेको गुनासो हामीसंग पोखाईन । उनि भन्छिन्, माइतीबाट १६ वर्षको उमेरमा मागेर राखेपछि दुई वर्षपछि बल्ल बिबाह गरेकी थिइन् । बिबाह गरिसकेपछि श्रीमानको घरमा पुगे र दश/ बाह्र वर्ष पछि उनि काठमाडौँ झरेकी थिइन् ।
लक्ष्मी तामाङ्ग गाउँमा रहदा आफ्नो मालिकलाई धेरै याद गरेको बताईन् । चार्ड पर्वमा माईता जाँदा आफ्नो श्रीमान्(मालिक) साथमा नहुँदा दुख लाग्थ्यो उनले भनिन् ! उनको आफ्नो श्रीमानलाई मालिक भनेर सम्बोधन गर्थिन् । उनले भनिन्! “मालिक काठमाडौँ हुनुहुन्थ्यो, म गाउँमा थिए । मैले पहिलो शन्तान छोरी जन्मिए र दोस्रो सन्तान पनि छोरी नै जन्मिए त्यसपछि मैले घरको सासु-ससुराबाट धेरै हेपाई सहनुपर्यो,मालिकलाई धेरै सम्झिन्थे, त्यो बेलाको समयमा मोबाइलको जमाना थिएन, चिठी चल्थ्यो एक महिना पछि एउटा चिठी आउथ्यो त्यही चिठीको भरमा मालिकको खबर सुन्न पाउँथे। गाउँघरमा मेलापात उस्तै साथीसंगीसंग कहिल्यॆ घुलमिल भएर नाच्ने-गाउँने मेलोमेसो कहिल्यॆ भएन । गाउँघरमा मेला/जात्र लाग्थ्यो साथीहरु सबै जात्र हेर्न जान्थ्यो तर म कहिल्यॆ जान पाएनन् त्यो बेला मालिकलाई धेरै सम्झिने गर्थ्यो, यदी मेरो मालिक मेरो साथमा भएको भए मेरो जीवनमा कत्ति खुसि मिल्थ्यो, साथीहरुसंग रंगरसी गर्न पाउँथ्यो तर मेरो मालिक घरमा नभएकोले मैले दुख भोक्नु पर्यो भन्दै त्योबेला आफ्नो श्रीमान्(मालिक)लाई त्यसरी सम्झेको कुरा सुनाउँदै भावुक बनिन् ।”उनि घरमा सासु ससुराले गरेको त्यो अत्यचार सहन नसकेर घर छाडेर श्रीमानसंगै काठमाडौँ बसोबास गर्न थालिन् ।
लक्ष्मी तामाङ्गको चार ओटा छोरीहरु जन्मेकी रहेछिन् । चार छोरी मध्य दुईटी छोरीको बिबाह भईसकेकि छिन् । एउटी छोरी अध्यन गर्दै कलाकार क्षेत्रमा लागेकी छिन् भने अर्की छोरी अध्यन गर्दै छिन् । उनको श्रीमान् अहिले व्यवसाय गर्न तर्फ व्यस्त देखिन्छन् । श्रीमानको व्यवसायले परिवार पालनपोषर्ण
शान्तानलाई शिक्षा, दिक्षा गर्नको लागि कुनै अफ्ठ्यारो नभएको बताउछिन् । पछिल्लो क्रममा लक्ष्मी टिकटकमा पनि निकै चर्चामा आएकी छिन् । उनले बनाएका टिकटक भिडियो धेरै जनाको लाईक र भिउज पाएकि छिन् । उनले आँफुलाई सुहाउँदो ड्रेसपमा सजिएर टिकटक भिडियो बनाउने गर्छिन् । त्यति मात्रै हैनन् उनि “तामाङ्ग फापारे जुहारी गीत”को पनि उतकृष्ट सर्जक हुन् ।
उनले आफ्नो तामाङ्ग मौलिक भेषभुषा,रहनसहन, हरेक कुरालाई समेटिएर तामाङ्ग फापारे गित गाउछिन् । अहिले उनि विभिन्न संघसंस्थामा आवध्ध रहेर सामाजिक कार्यहरुमा अव्वल छिन् । उनि मेला/जात्रा समुदाय सबैमा घुलमिल भएर समाजसेवामा पनि उत्तिनै तल्लिन् छिन् । उनि भन्छिन ,! “बिगतमा मैले जे जस्तो दु:ख भोगे,पिडा सहनु पर्यो अहिले पनि सम्झिदा दु:ख लाग्छ, तर म पहिले भन्दा अहिले धेरै भन्दा धेरै सुखी र खुसि छु, मेरो मालिकले धेरै सपोर्ट गर्नुहुन्छ , छोरीहरुको माया साथ् र सपोर्ट त्यति नै धेरै छ,अझ टिकटक मा पनि धेरै भन्दा धेरै दर्शकहरुको माया,साथ र सपोर्टले अझै हर्षित छु ।”
यसरी उनले आफ्नो विगतलाई सम्झिदें भाबुक हुँदै उनका अनुभवहरु सुनाए छन् । साच्चिनै महिलाको कोखबाट जन्मिएका सबै मानिसहरु आखिर किन छोरीको जन्म हुँदा आमालाई हिंसा, ह*त्या हुने गर्छन् ,हाम्रो समुदायमा कहिले सम्म यस्तो बिडम्बना भोग्नु पर्नेहो महिलाले ? किन बुज्दैनन मानिसहरुले ?
अहिले लक्ष्मीको परिवारमा खुसि र सुखको दिन आएको छ । सबै परिवार एकआपासमा समजदारी छन् । छोरीहरुले आमा र बाबालाई त्यति नै धेरै माया र नम्र स्वभावले सम्बोधन गर्ने गर्छन् । आमा र बाबाको दुख भुल्ने गरि छोरीहरु असल, शिक्षित बनेर छोरा भन्दा कुनै कमि छैनन् उनका छोरीहरु, यसैले पनि लक्ष्मी तामाङ्गको जीवनमा खुसीको बहार छाएको छ ।





प्रतिक्रिया दिनुहोस