चर्चित गायक “राजु लामा” र नायिका “दिया पुन” सगरमाथा आरोहणका लागि तयारी
674 Views
काठमाडौँ, २३ चैत खोज मिडिया । जलवायु परिवर्तन को जनचेतना फैलउन उद्देश्यले सगरमाथा चर्चित गाएक राजु लामा र नायिका दिया पुन सगरमाथा आरोहण गर्ने भएको छ ।
हिमाल आरोहण संगै ६५०० मीटर को उचाईमा संगितिक कार्यक्रम गरि जलवायु परिवर्तनले ल्याएको असरलाई संसारको ध्यान आकर्षण गर्ने अभियान राजु लामाले फेसबुक स्टाटसमा जनाएको छ । उक्त अभियानको (OFFICIAL FLAG OFF) अफिसियल फ्लाग अफ कार्यक्रमम माननिय पर्यटन मन्त्री प्रेम आलेले
गायक राजु लामा र नायिका दिया पुनलाई नेपालको राष्ट्रिय झन्डा समेत हस्तारण गरिएको थियो ।
यस कार्यमा सरकारद्वारा पनि आवस्यक सहयोगको लागि तयार रहेको जनाएको छ । सरकारद्वारा सहयोगको तयारी भएको कुराले चर्चित गाएक (मंगोलियन हर्ट)राजु लामा हर्षित भएको भन्दै फेसबुकमा स्टाटसमा खुसि व्यक्त गरेका छन् । साथै उनको हिमल चढने क्रममा नेपाली सेनाद्वार संचालीत हिमाल सफा अभियान २०२२ मा उनको पनि सहकार्य रहने जानकारी गराएको छ ।
यस कार्यक्रममा ब्यबस्था मिलाई दिएका मन्त्रीका सल्लाकार गोरे शेर्पा, एससपी ईन्द्र लामा, कैप्टन विजय लामा, मिलन चामस लगायत सम्पूर्ण मंत्री परीषद का कर्मचारीहरू, लगायत आफ्नो ब्याण्डका भाईहरु बबी लामा, किरण नगरकोटी र पत्रकार साथीहरूलाई पनि धन्यवाद दिएका छन् । त्यसै गरि सगरमाथा आरोहण गर्ने तयारीमा रहेका नायिका दियापुनलाई पनी सफल आरोहणको शुभकमाना व्यक्त गरेका छन् ।





प्रतिक्रिया दिनुहोस