फाेटाे खिच्ने मान्छे देउवाका सहयोगी हुन् भने भगवान जाने
811 Views
काठमाडौँ, १९ चैत खोज मिडिया । वान टु वान वार्ताको अर्थ दुई राष्ट्र प्रमुख मात्रै बस्ने हाे र ? त्यसाे हाे भने माेदीकाे पछाडि पट्टी यी महिला सहयोगी किन? उनकाे हातमा कापी र कलम किन?
उनी निकै गम्भीर भएर दुई जनाकाे वार्तालाप सुन्दैछिन् किन? प्रधानमन्त्री शेर बहादुर देउवाकाे सहयोगी खै? दुई जनाकाे वार्ताका महत्त्वपूर्ण बुँदा टिप्न मान्छे लानुपर्ने हाेईन र ? भाेली केकाे आधारमा नेपाल पक्षले याे वार्ताकाे टिप्पणी उठाउने हाेला?
उता माेदीकाे त सहयोगीले महत्त्वपूर्ण बुँदा टिपेकी छिन् । सरकारमा ब्रिफ्रिङ गर्ने र दस्तावेज राख्ने लिखित आधार उता छ । यता केही न केही । अनि भविष्यकाे रणनीति वा छलफलकाे विषय तयार पार्दा के विषयलाई आधार मान्नेछ नेपाल पक्ष??
हाम्रो नेतृत्वले बारम्बार याे गल्ति गरिरहेका छन् । दुई जना मात्रै बसेर गरेको वार्ताकाे नेपालसीत कुनै टिपाेट रहँदैन । सरकारलाई ब्रिफिङ गर्ने चलन पनि छ कि छैन, कुन्नी ?
यसरीनै उनीहरु अघिल्लो पटककाे वार्ता अनुसार रणनीति, याेजना वा वार्ताको विषय तय गर्छन् । उनीहरुकाे तयारी पुर्ण हुन्छ, नेपालको भने केही न केही ।
फाेटाे खिच्ने मान्छे देउवाका सहयोगी हुन् भने भगवान जाने





प्रतिक्रिया दिनुहोस