चीनको सांघाईमा को*रोना सं*क्रमण ह्वात्तै बढ्यो सं*क्रमितले भरियो अस्पताल
369 Views
एजेन्सी,१९ चैत खोज मिडिया । चीनको सांघाईमा को*रोना भा*इरसको सं*क्रम*ण तीव्र गतिमा फैलिएको छ भने, शहरका ठूला अस्पतालहरु सं*क्रमितले भरिएका छन् । पछिल्लो समय सं*क्रमितको संख्या बढे पनि संक्र*मणबाट कसैको मृ*त्यु भएको छैन ।
बीबीसीले सांघाई शहरको पूर्वी भागमा रहेको एक वृद्धाहरुको हेरचाह गर्ने अस्पतालमा कार्यरत कर्मचारीसँग गरेको कुराकानीबाट स्थिती अत्यन्तै चिन्ताजनक भएको बताइएको उल्लेख गरेको छ । वृद्धाहरुको सं*क्रमित हुने संख्या धेरै भएको र मृ*त्यु समेत भएको उल्लेख गरिएको छ । तर, वृद्धाहरुको मृ*त्यु को*रोनाबाट भएको हो अन्य कुनै कारण हो खुलाइएको छैन ।
अस्पतालमा कार्यरत एक नर्सले सांघाई सरकारले पठाएका मेडिकल स्टाफ र विशेषज्ञ पनि संक्रमित भएको बीबीसीलाई बताएकी छन् । चीनको सबैभन्दा बढी जनसंख्या भएको शहर सांघाईमा २.५ करोड जनसंख्या छ । को*रोना संक्र*मण फैलिनबाट बच्न सांघाई सरकारले ९ दिनदेखि लकडाउन गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस