काठमाडौँ बन्यो विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर
800 Views
काठमाडौँ, १४ चैत खोज मिडिया । सुन्दर पर्यटकीय देश नेपालको राजधानी काठमाडौँ विश्वकै सबैभन्दा धेरै वायु प्र*दूषण भएको सहर बनेको छ ।
काठमाडौँमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय बैसठ्ठी (१६२) रहेको देखिएको छ । एक्यूआई एक सय पचास (१५०) भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ ।
त्यसैगरी गण्डकी प्रदेशको राजधानी पोखरामा पनि यसैको प्रभावले गर्दा पहिलेको तुलनामा भन्दा अहिलेको समयमा वायु प्रदुषण केहि मात्रामा बढेको देखिन्छ । यसरी पोखराको मुख्य चोक-चोकमा फोहोरको थुप्रो बढेको देखिन्छ ।
विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको देखिएकोछ । कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय उनान्साठी (१५९) रहेको छ । एक्यूआई एक सय त्रिपन्न (१५३) रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा रहेको छ ।
नेपालको पोखरा, सिमरा, भरतपुर, धनकुटालगायतका ठाउँमा पनि वायु प्रदूषण मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको देखिएको छ ।





प्रतिक्रिया दिनुहोस