मृगौला पिडित कान्छीमाया तामाङ्गलाई रकम हस्तारण
684 Views
काठमाडौँ, १३ चैत खोज मिडिया । प्रार्थना गर्ने ओठहरु भन्दा सहयोग गर्ने हातहरु महान हुन् । मृगौला पिडित कान्छीमाया तामाङ्ग ले यसरी अपिल गरेकी छिन् ।
चौरी देउराली गाउँपालिका वडा नं १ सानो बाङ्गथाली गोदामचौर निवासी वर्ष ५३ की कान्छीमाया तामाङ्गको दुवै मृगौला फेल भएको र आर्थिक स्थिति कम्जोर भएको हुनाले सम्पूर्णमा सहयोग गरि बचाईदिनका लागि अपिल गरेकी छिन् ।
उक्त बिरामीको लागि चौरी देउराली गाउँपालिका भित्रका सहयोगी दाताहरुले केहि रकम संकलन गरिएका थिए । सोहि रकम बुद्ध लामाले मृगौला पिडित कान्छीमाया तामाङ्गलाइ हिजो १२ गतेको दिन जम्मा रकम रु. (१,५९,१७०) एक लाख उनन्साठी हजार एक सय सतरी रुपैंया हस्तारण गरिएको छ ।





प्रतिक्रिया दिनुहोस