राष्ट्रिय नागरिक पार्टी अबको देश हाक्ने पार्टी हुन्छ – सहमहामन्त्री कार्की
851 Views
पोखरा । राष्ट्रिय नागरिक पार्टी अबको देश हाक्ने पार्टी हुने पार्टी केन्द्रिय सहमहामन्त्री सागर कार्कीले बताएका छन् । राजनीतिको मुलधारमा समाहित हुन वैकल्पिक शक्तिको रुपमा उदय भएको प्रदेश अन्तर्गत पोखरा महानगर पालिका वडा नं २१ ओ भेलालाई सम्बोधन गर्दै भनेका छन् ।पार्टीका केन्द्रिय सह महामंत्री सागर कार्कीले जन भावना अनुरुप काम नगर्ने पार्टीलाई जनताले यस पाली पाखा लाउने र नयाँ पार्टीलाई मौका दिने विश्वास ब्यक्त गरे। भेलाले कृष्ण थापामगरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ।
बैशाख ३० गतेको स्थानीय तहको आसन्न निर्वाचनमा जनप्रतिनिधि उठाउने लक्ष्य लिई देशैभर धमाधम कमिटि गठन कार्यलाई राष्ट्रिय नागरिक पार्टीले तीव्रता दिएको छ।
कमिटिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह सचिवमा क्रमश महेन्द्र सुनार, सागर देवकोटा, कमला पौडेल, अनिता परियार तथा सदस्यहरूमा बिक्रम रानामगर, सन्तोष खवास, राजन सुनार, मीन बहादुर सुनार, सरु शाही, दिपा परियार, दीपेन्द्र थापा क्षेत्री, हरिमाया थापा, कमला पौडेल सुनार, किशोर नेपाली, सन्तोष नेपाली, बिनु भुजेल, रेखा परियार, दिपिन मल्ल, शंकर विश्वकर्मा र छवि सुनार रहेका छ्न्।
पार्टीका केन्द्रिय सदस्य लक्ष्मण सुनारको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नगर सचिव सरोज सुनार र संचालन सागर सुबेदीले गरेका थिए।





प्रतिक्रिया दिनुहोस