टिकटकमा जर्नेलको पोशाकमा किशोरको भिडियो भाइरल : को हुन् ती किशोर ?
551 Views
काठमाण्डौ, १२ चैत खोज मिडिया । यतिबेला सामाजिक संजालमा जर्नेलको पोशाकमा एक जना किशोरको भिडियो भाइरल बनिरहेको छ। सक्कली बर्दीमा देखिएका ती किशोर के साँच्चिकै नेपाली सेनाका जर्नेल हुन् त ? धेरैको चासो देखिएको छ।
भिडियोमा देखिएका किशोर नेपाली सेनाका कुनै जर्नेल होइनन्। उनी नेपाली सेनाका भूतपूर्व एक तारे जर्नेल धर्म बानियाँका छोरा हुन्। बानियाँका छोराले पोशाक लगाउँदै हालेको फोटोमा लेखेका छन्, “सेनाका निकै आदरणीय जर्नेलहरुमध्येमा पर्नुहुने मेरा पिता धर्म बानियाँको छोरो हुन पाउँदा गौरवान्वित ठानेको छु।”
भूपू जर्नेल बानियाँले उमेर नपुगेको छोरालाई आफ्नो बर्दी भिराएर टिक-टक बनाउन लगाएकोमा सैनिक क्षेत्रमा एक टीकाटिप्पणीको बिषय बनेको छ।
सुरक्षा निकायका कर्मचारी र अधिकारीहरु सेवानिवृत्त भए पनि पदीय दायित्य पूरा गर्ने क्रममा पाएका पोशाक,फुली र तक्माको हिफाजत गर्ने प्रमुख जिम्मेवारी सम्बन्धित व्यक्तिको भएको बताइन्छ।
यससम्बन्धमा नेपाली सेनाका एक जना भूतपूर्व दुई तारे जर्नेललाई उद्दृत गर्दै जनआस्था साप्ताहिकले दिएको समाचार अनुसार, सेनाजस्तो संवेदनशील सुरक्षा निकायको उपल्लो तहबाट अवकाशप्राप्त अधिकारीले आफ्नो बर्दी अरुलाई लगाउन दिनु नै गम्भीर अपराध हुने सैनिक अधिकारीहरु बताउँछन्।
समाचारमा एक जना पुर्व दुई तारे जर्नेलले बताएको कुरा उल्लेख गर्दै अघि भनिएको छ, “यस्तो गर्न दिने उनका पिताको नैतिक अपचलन भएको मानिन्छ। उनले नैतिक दायित्व वहन गरेको देखिएन। उमेर नपुगेका छोराछोरीलाई राज्यको सबैभन्दा महत्वपूर्ण निकायले उपलब्ध गराएको पोशाक लगाएर गाईजात्रा देखाउन दिनु ठूलो दोष हो।”





प्रतिक्रिया दिनुहोस