जसपा प्रमुख सचेतक प्रमोद साह स्थानीयबाट कुटिए, यस्तो छ कारण
773 Views
सर्लाही, १२ चैत खोज मिडिया । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सांसद प्रमोद साह स्थानीयबाट कुटिएका छन् ।
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–६, बयलवासमा शनिबार आज बिहान क्लबको भवन निर्माणको विषयमा विवाद हुँदा सांसद साह कुटिएका हुन् । सो स्थानमा सांसद साह र स्थानीय पक्षबीच झडप नै भएको स्थानीयले बताएका छन् । साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीयको आक्रमणमा परी उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको अहिले सर्लाहीमा सामान्य उपचारपछि हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ ।
झ*डपमा साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घा*इते भएको र साहको गाडीमा पनि क्षति पुगेको जनाइएको छ । त्यस्तै केही मोटरसाइकलमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ ।
प्राप्त समाचार अनुसार, फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत बयलवास बजार क्षेत्रमा रहेको फूलजोर युवा क्लबको भवन सडक बिस्तारको क्रममा भत्काइएपछि स्थानीय बासिन्दा आ*क्रोशित बनेका थिए। स्थानीय बासिन्दाले सोही ठाउँमा भवन बनाउनु पर्ने अडान लिईरहदा सांसद साह पक्षले त्यहाँ निर्माण गर्न नदिने र अन्यन्त्र नै बनाउने कुरामा जोड दिएका थिए।
यही क्रममा सांसद साहको पक्षका कार्यकर्ताले शनिबार बिहानैबाट प्रदर्शन थालेका थिए । सो क्रममा बयलवास बजार क्षेत्रका स्थानीयले प्रतिकार गरेपछि झडपको स्थिति सृजना भएको थियो । अहिले बयलवास बजार क्षेत्रमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ





प्रतिक्रिया दिनुहोस