स्थापना भएको बुद्धको मुर्ति तोडफोडमा अझै सम्म किन चुप ?
1056 Views
सिन्धुपाल्चोक, १२ चैत खोज मिडिया । बुद्धको देश भनेर चिनिने हाम्रो देश नेपालमा आज बुद्धको मुर्ति तोडफोड हुदाँ पनि अहिले सम्म दोसिलाई पक्रिन भने नसकिएको जनाएका छन ।
सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं ७ याङ्लाकोटमा निर्माणाधीन बुद्ध पार्कको बुद्धको मुर्ती गत बुधबार राती तोडफोड गरि पुर्ण क्षति पुर्याएको छ । तोडफोड गर्ने व्यक्ति अझै अज्ञात रहेको वडा अध्यक्ष दिलकुमार लामाले जानकारी दिएको छ । नेपालमा बौद्ध धर्म मान्ने जातिहरु धेरै रहेका छन, बुद्ध धर्मको नाममा विभिन्न कार्यक्रमहरु पनि गर्दै आईरहेका छन् । सामाजिक संजालमा बुद्धको मुर्ति तोडफोड गरिएको तस्विरमा बौद्ध धर्मसँग आस्था राख्ने सम्पूर्ण व्यक्तित्वहरुको ध्यानाकर्ष भएको छ ।
“हरेक नेपालीहरुले आ-आफ्नो धर्म मान्ने स्वतन्त्रता रहेता पनि अहिलेको समयमा यत्ति सम्मको हर्कत कस्ले र किन गरियो ?” यो विषयमा स्थानीय सरोकारहरुले सम्बन्धित निकाय सम्म पुर्याउन किन ढिलाई गरिएको छ ? भन्ने विषयमा सबैको चासो रहेको देखिन्छ । उक्त मुर्ति तोडफोडले करिब ११ लाख बराबरको क्षति भएको जनाएका छन् । सोहि मुर्ति तोडफोड हुदाँ धनजनको मात्रै क्षेति नभई सिङ्गो बौद्ध धर्म माथि हस्तक्षेप गरिएको देखिन्छ । यस सम्बन्धमा सम्पूर्ण बौद्ध धर्मसँग आस्था राख्ने बुद्धधर्मवलम्विहरुको विशेष चासोको विषय बनेको छ ।
यसरी क्षति कसले पुर्याएको हो भन्ने बारे अझै थाहा हुन नसकेको सिन्धुपाल्चोक प्रहरी श्रोतले जनाएका छन् । प्रहरीका अनुसार उक्त कार्य गर्नेहरुको पत्ता लगाउन सोधपुछ कार्य भैरहेको बताए । तोडफोड किन,र के का लागि ? गरिएको हो भन्ने बारे सूक्ष्म अध्ययन भैरहेको प्रहरीले जनाएको छ । उक्त बुद्धको मुर्ति तोडफोड गरिएको व्यक्तिलाई छिटो भन्दा छिटो खोजि गरि आवश्यक का*रबा*हीको माग गर्दै सामाजिक संजाल मार्फत जोड दिएका छन् ।





प्रतिक्रिया दिनुहोस