राष्ट्रिय संगितकर्मि संघ कास्कीको भवन सिलन्यास
621 Views
पोखरा । पोखरा २६ खास्टेतालमा राष्ट्रिय संगितकर्मि संघ कास्कीको भवन सिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष विक्रम जंग शाहले शनिबार सिलन्यास गरेका छन् । भवन निर्माण पछि संगीतकर्मी संघलाई भन्दा स्थानीय बासिन्दाहरुलाई प्रत्यक्ष लाभ हुने बताउँदै आफुले आर्थिक नैतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अबसरमा भवन सिलन्यासको साथमा २०७९ सालको क्यालेन्डर लोकार्पण तथा नयाँ बर्ष २०७९ को अबसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो ।
गण्डकी प्रदेश अध्यक्ष कृष्ण गौतम, कास्कीहरु सल्लाहकारहरु नारायण सिग्देल, समाजसेवी उदयबहादुर केसी (लाहुरे दाइ), खास्टेताल टोल बिकास संस्थाका अध्यक्ष भरतराज तिमिल्सिना, क्यालेन्डर प्रकाशन समितिका सहसंयोजक राजन सुवेदी, संघका पोखरा नगर संयोजक सुनिल गायकलगाएतले बोल्नु भएको थियो ।
संस्थाका अध्यक्ष ऋषिराम दहालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष सागर कार्कीले र स्वागत सहसचिव ईश्वरराज भण्डारीले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस