नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी द्वारा प्रेस विज्ञप्ति
526 Views
कास्की, चैत ६ खोज मिडिया । २०७८–१२–०६ प्रेस विज्ञप्ति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशनको सन्दर्भलाई लिएर प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्षलाई मिति २०७८ चैत ०५ गते राती ११ बजेर ८ मिनेट जाँदा टेलिफोन गरी दिइएको धम्कीप्रति नेपाल पत्रकार महासंघ कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको दोस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा गर्न दिएमा नेपाल पत्रकार महासंघ कास्कीको कार्यालयमा आ*गो लगाएर ध्व*स्त पारिदिने भनि दिएको धम्की अत्यन्तै निन्दनीय र खेदजनक छ ।
सिंगो महासंघको स्वाभिमानमा आँच आउने गरी प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले दिएको उक्त धम्कीले समग्र पत्रकारको भावनामाथि आ*घात पुगेको हाम्रो ठहर छ । पत्रकारसँग आबद्ध विभिन्न संघ–संगठनहरुले नेपाल पत्रकार महासंघ कास्कीको भवन सञ्चालनमा आएदेखि नै प्रयोग गर्दै आएको सर्वविदितै छ ।
श्रमजीवि पत्रकारहरुको रगत, पसिना, आम पोखरावासीको साथ र सहयोगबाट महासंघको भवन निर्माण भएको हो । आगामी दिनमा कोही कसैले यस्ता खालका धाक धम्कीपूर्ण व्यवहार नगर्न महासंघ कास्की शाखा आग्रह गर्दछ ।
श्रीराम सिग्देल
सह–सचिव
नेपाल पत्रकार महासंघ कास्की





प्रतिक्रिया दिनुहोस